मंगलवार सार्वजनिक विदा (सूचनासहित) – Himalayan Dainik

मंगलवार सार्वजनिक विदा (सूचनासहित)


मंगलवार सार्वजनिक विदा (सूचनासहित)

कैलाली, २ चैत – सुदूरपश्चिम प्रदेश सरकारले चैत ४ गते कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले विदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय एमव् सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।