राष्ट्रपति भण्डारीद्वारा कोरोनाविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन आह्वान – Himalayan Dainik

राष्ट्रपति भण्डारीद्वारा कोरोनाविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन आह्वान


राष्ट्रपति भण्डारीद्वारा कोरोनाविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन आह्वान

काठमाडौँ, २ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले संक्रमणबाट बच्न आवश्यक उपाय अवलम्बन गर्न आग्रह गुर्नभएको हो । ट्वीटमा राष्ट्रपति भण्डारीले रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गर्नुभएको छ । उहाँले भाइरसविरुद्ध सचेतना अपनाउन र त्रसित नहुन समेत आग्रह गर्नुभएको छ ।