सिरहामा भुजेल जातिको तराईको नमुना बिवाह सम्पन्न – Himalayan Dainik

सिरहामा भुजेल जातिको तराईको नमुना बिवाह सम्पन्न


सिरहामा भुजेल जातिको तराईको नमुना बिवाह सम्पन्न

 महेश सिंह सिरहा ३० फागुन  – सिरहाको लहान नगर पालिका ६ स्थित रहेको भुजेलहरुको बस्तीमा मागी बिवाह सम्पन्न भएको सिरहामा छ । लहान नगर पालिका ६ बस्ने उमेश भुजेल, आमा सुभद्रा भुजेल को २२ वर्षिय एक्लो छोरा अङ्कित भुजेलको मागी बिवाह सिरहाको बिशनुपुर गाउँ पालिका ४ बस्ने पहलाद भुजेल र आमा सम्झ्ना भुजेलको २१ वर्षिय छोरी २०७६ फल्गुण २८ गते दुर्गा भुजेल संग मागी बिवाह सम्पन्न भएको छ ।

हिन्दू प्रम्परा अनुसार भुजेल जातिको संस्कृति प्रमपरा अनुसार सम्पन्न भएको हो । बिवाह हेर्न मधेसी समुदाय भन्दा फरक किसिमको बिवाह रहेकोले छिमेकीहरु बिवाह हेर्न भिड लागेको थियो । बिवाह जन्तीमा लहान स्थित रहेको लहान अस्पतालको प्रमुख तथा सिरहा, सप्तरीमा बालरोग विशेषज्ञमा चर्चित ब्यक्तीत्व डाक्टर सुनिल कुशवाहा , अर्को महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह , डाक्टर हिरालाल काम्ती , पत्रकार महेश सिंह, श्रेया संगम ,सिमा महासेठ ,रबिन्द्र साह , निरन्जना चौधरी ,रमेश महतो ठुलो बुवा : कुल बहादुर भुजेल, काका दिनेश भुजेल ,काकी रानु ,मनोज भुजेल मुनि , भिनाजु : रामसुन्दर ,रोशन ,अनिल दिदी : अर्चना प्रिती ,रिचा, बहिनी :नेहा,खुशी ,दाजु : दिपेश ,दिपेन्द्र , सुरेन्द्र ,भाई सायर , साहिल लगायत भुजेल परिवारहरुको उपस्थिति लगायत सयौं जनाको जयन्तीमा उपस्थिति रहेको थियोे । भुजेलहरु टिबतियन भोट बर्मेली हिमालय भाषा बोल्ने एक प्रमुख जनजाती समुह हो ।

इतिहासमा राज्य गुमाउन बाध्य पारियपछी आज भुजेल जाती हरु राज्यको बिबिध क्षेत्रमा यत्र तत्रमा छरिएर रहेका छन नेपालको जनगणना २०६८ अनुशार भुजेल हरु को जनाशङ्ख्या ११८६५० देखाइयपनी भुजेल हरु कारीब ८ लाख ५० हजार भयको बताउदछन किनकी कतिपय भुजेल हरुले बिबिध कारणले भुजेल नलेखी कन खवास्, छेत्री,जि•टि, जि•सि,राना भुजेल्, घर्ति,थापा,पुहुगाल्, लमी छाने घर्ती हरु लेख्ने गरेको सर्वबिधितै छ । आजको राज्यबिभेदको कारणले भुजेल हरुको आफ्नो रितिथिति,भेसभुषा, भाषा अनि धार्मिक तथा सामाजिक रिवाजह रु बिस्तारै लोप हुने क्रम भयतापनी पुर्ण रुपमा तहस नहस भयको छैन ।

भुजेलहरू प्रमुख स्थान र अन्य क्षेत्रहरु पुर्व सिरहा , सप्तरी , उदयपुर ,झापा,मोरङ ,धरान्, र बागमती ,गन्डक क्षेत्र, चितवन्, कास्कि, हुँदै पश्चिम का बिविध अन्चल र जिल्ला जिल्ला मा यो जातिको बसोवास रहेको पाइन्छ । यसरि बिविध करणले आफ्नो भाषा,सङ्स्कृती अतिक्रमण र नास हुँदै गयतापनी आज अस्तित्वो र पहिचानका लागी प्रायस रत भुजेलहरू प्राकितिक शक्ति, दैवी शक्ति, अनि आफ्नै कुलपित्रहरूको स्तुती आराधाना गर्ने गर्दछन  । आफुले पहिचान गरेको खोलानाला वनजङल्, खोलाना,भिरपहरा,जङली पशुपन्छि, प्रकितिलाई जिवनको सर्जक्, नासक, नियन्त्रक ठानि, देवी देउराली कुलदेवत, पित्री र प्रकृतिको पुजा गर्छन । यि देवी देवता रुपी प्राकृतिक शक्तिह रूलाई शिलाको रुपमा स्थापना गरी फल फुल पाकेका अन्नवाली र पशुपन्क्षिको भोग चढाइ आफ्नो कुल आयनहरुलाई प्रसन्नित पारिन्छन ।

आदिवासी मुलवासी भुजेलहरू जन्म्, न्वारन्, बिवाह , मृत्यु, आदी इत्यादी कर्मकन्डहरू आफ्नै विधिविधान अनुशार आफै सम्पन्न गर्दछन समान्य तया दु:ख बिमारको उपचारको निम्ती धामी झाक्री र जङगली जडिबुटिहरुको प्रयोग आजप्नी प्रचलित छ जो आजको सम्पन्न समाज यसलाई रुढिवादी भन्ने गर्दछन । भुजेलहरु मुख्यरुपमा गुर्जो,सिमलि, काउलो, चिलाउने, बिलाउने, अ्म्लिशो, तितेपाति, पाच आउले जटामसी अदुवा आफ्नो कम्कार्ज्य र धर्म सङ्स्कार अनुसार आज पनि प्रयोग गर्दछन । जङली पशुपन्क्षिहरू सङ्ग पनि भुजेलहरुको धार्मिक र पोउराणिक आस्था रहेको पाइन्छ ।

आज पनि कोइलि, गौथलि, दुम्शि, बनेल्, सर्प्, माछा, पाहा आदी हरु सङ्ग सम्ब्बन्धित तथ्य बिधितै छ र सुन्न देख्न पाइन्छ आफ्नै समाज भित्र र बाहिर भुजेलहरू उच निच र छुवाछुत मान्दैनन र आफ्नो धर्मको सन्धर्वमा सजग भयता पनि कट्टर पना राख्दैनन किनकी हिजोको वर्णासर्मको परिधिदेखी भुजेलहरू आफू पृथक रहेको ठान्दछन ।

भुजेल भित्र थर जस्तै अर्थ खुल्ने बुझिने खलक विभाजन प्रथा पाइन्छ खलक भन्नले हाड पट्टिको सन्तान हुने हुनाले विवाहवारी बर्जित मानिन्छ जिविको पार्जन र खानपिनमा पुरानै कृषी पद्दाती अनुसार कोदो, मकै ,फापर्, दाल ,भटमास्, साग , सिस्नु, कन्ड्मुल , तरुल र मौसम अनुसार पाइने फलफुल अन्नवाली नगदेवाली ब्यबहारमा छन भने पशुपालनमा सुङुर्,भेडा, बाख्रा, गाइ, भैसी हास , कुखुरा, प्रचलनमा पाइन्छ देखिन्छ , बलिनाली पाकेपछी वा पशुपन्क्षिले खानु अघी यिनका रक्षक मानी देवी देवता लाई अर्पण गरिन्छ र देखिन्छ अनि मात्रै प्रयोगमा ल्याईने गरेको बताए ।