काठमाडौं, २९ फागुन – नेपालमा पश्चिमी वायूको प्रभाव कायमै रहेकाले पहाडि क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका मध्य र पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने छ। पहाडि भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना छ।
आज राती देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने महाशाखाले बताएको छ। पहाडि भू–भागका १र२ स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ।