काठमाडौँ, २९ फागुन – आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेर छापावाला सुन ८१ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।