काठमाडौँ, २९ फागुन – चीनले कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव चीनमा समाप्त भएको घोषणा गरेसँगै ठूलो सफलता हासिल भएको छ ।
सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएको हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।
कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन् । त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन् ।