ह्यापी भ्यालेन्टाइन्डे प्रिया ! – Himalayan Dainik

ह्यापी भ्यालेन्टाइन्डे प्रिया !


ह्यापी भ्यालेन्टाइन्डे प्रिया !

ती पल आज खाली सम्झनामा मात्र छन् म सङ्ग
तिमिले जिस्काउदै हरिलठ्ठक भनेको,
नाकको चुच्चोलाई
बुढी जेठी र माइली औलाको जेलहालेर
हल्लाउदै भुद्दु भनेको,
मेरो आँखा अगाडि औलाहरुलाई
बेसरी हल्लाएर
मेरो आँखैको अगाडि बाट
पहिरो झै तल खसाल्दा मैले आँखा चिम्लिदा
तिमिले डर पोक भनेको

**** ****** *******

पाहडको उकालो चढ्दा हो क्यारे
फेदिमा ऐसेलुको झुल पहेँलो देखेपछी
हुत्तिएर झुलमा आक्रमण गर्दा
काडाले घोचे पछि
मैले भनेको थिए
प्रेम र ऐसेलु दुबैका काडा उल्टो हुन्छन्
घोचे पछि भित्री भित्र घाउ बनाउछन
यदि तिमिले छोडे पछि
तिम्रो यादले दिल भित्र घाउ बन्छ होला,
तिमिले मुस्कुराउदै बोलेकी थियौ
ह्या तिमी पनि खाली के के सोच्छौ क्या
आफुमा बिश्वास गर
हामी काहाँ पो छुटिन्छौ र ।

****** ******* ********

गुलाव बोकेर तिमिलाई सजाउन खोज्दा
सकुन्तलाको प्रेम दिएकी थियौ
अलिखित इसारा बोकेर
छापामारको छोरो
मागेकी थियौ
कैदी बनेर आएका थिए
थुप्रै भोकहरु
चियाको बाँस सङ्गै उडेका थिए
लामो समय छोटो बनेर

** ****** *****

ठ्याक्कै बर्ष दिन भए छ
तिमिले मेरो दिलको सिम्सार छोडेर बसाई सरेको
मेरो नाकले जेल भुलेको
कान ले भुद्दु भनेको सुन्न छोडेको,
डरपोक यो मन तिमिलाई
न देख्ने डरले तड्पिरहन्छ
यादहरु ऐसेलुको काडा बनेर घोचिरहन्छन्
चिया तातिन छोडेको छ
भोक फरार भएको छ जेल तोडेर
छापामारको छोरो एक्लो
युद्धमा होमिएको छ ।

****** ****** ***

जादा जादै तिमिले भनेर गएकी थियौ
म तिम्रो सहर छोडेर टाढा जाँदै छु
तिमी आफ्नो बाटो हिड्नु
म त्यति सजिलै काँहा मान्छ र प्रिय्
जाडो छल्न माइलौ उडेर
साइबेरिया देखि नेपालका सिमसार आउने
चराहरु पनि त साइबेरिया छोड्दा
तिमिले जस्तै भनेर त उड्दा हुन्
के साइबेरियाको जङ्गल र सिम्सारले पर्खिन छोड्छ र?
उ कुरि रहन्छ आउँछ भनेर,
यता महिनौ पछि
याद र समयको तापले पोले पछि
फर्किन्छन् चराहरु साइबेरिया
आफ्नै गुड मा रमाउन

******* ******* ******

तिमी पनि त साइबेरियन चरा जस्तै
उडेकी हौ
म पर्खिरहे छु
सिमसार बनेर
तिमी फर्किने छौ एक दिन
तर फर्किन ढिला नगर है
पानी बढी बगेर जादा मुल सुक्छ अनि
बन्जर हुन्छ सिम्सार
थाकेर आएकी तिमिलाई
पिलाउन एक घुट्की पानी पनि
न होला मेरो छाती भरी

** **** **********

तिम्रो पर्खाइमा
बसिरहेको सिम्सार,
प्रेम दिबसको शुभकामना दिन
गुलाब सहित अङ्गालो
फिजाई
बसिरहे छ
ह्याप्पी भ्यालेनटाइन्डे
प्रिया!