काठमाडौं,२८ फागुन – अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन् । धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
माडी गाउँपालिका-६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर (४७) विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् ।
पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपालीहरु भूबन आले $५१, मानबहादुर र बिरपति बाँठामगर $५१, जीवराज बुढा/याशिका बाठामगर $५१, मणी थापा $ १०१, लक्ष्मी पुन $२५, गंगा सिंजाली $४९, रबिन थापा मगर $ ४१, सबिता थापा $ ३०, रिम थापा $ ३०, सरु गाहा $ ३०, यम थापा $ २५ सहयोग गर्नुभएको थियो ।
त्यस्तै रबिन मगर $ ५१, करन थापा $ ४१, सुमन पाठक $१५, खेम निरौला $२५, प्रविन कवर $ २७, दिपक थापा $५१, देवि थापा $ ३०, कमल मगर $४१, लिला लामीछाने $ २५, यज्ञ राना $ ५०, कमला थापा $ ५०, दिपक कार्की $ २०, तेजेन्द्र थापा $ २५, नारायण के सी $ २५, निग्मा शेर्पा $ ५०, नगेन्द्र लिम्बु $ २५, दिपक छेत्री $ २५ र जानकी थापा $ ५० गरी जम्मा $१,११० (डलर) सहयोग गरेका हुन् ।
संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको हो ।