एजेन्सी, २८ फागुन – फ्रान्सका संस्कृति मन्त्री फ्र्यान्क रियस्टरलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ भएको पुष्टि भएको छ ।
फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस भएको पुष्टि गरेको हो । उनको स्वास्थ्य अवस्था भने ठिक रहेको मन्त्रालयले जनाएको छ ।
फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने एक हजार ४१२ जना संक्रमित छन् । कोरोना संक्रमित मध्ये ६९ जनाको अवस्था गम्भीर रहेको स्थानीय मिडियाहरुले जनाएका छन् ।