‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेको टिकट बिक्री खुला – Himalayan Dainik

‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेको टिकट बिक्री खुला


‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेको टिकट बिक्री खुला

काठमाडौँ, २८ फागुन – नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनालेको टिकट बिक्री खुला गरिएको छ ।

टिकट ई–सेवाबाट काट्न सकिने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए ।  चैत १ गते हुँने ग्रान्ड फिनालेका लागी टिकट दर तीन हजार रुपैयाँ तोकिएको छ । जम्मा दुई सय टिकट मात्रै बिक्रीमा राखिएको छ कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले टिकट थोरै मात्रै बिक्री गरिएको निर्देशक भण्डारीले जनाएका छन ।

सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका ग्रान्ड फिनालेमा प्रमुख अतिथि महजोडी र राजेश हमाल रहने भएका छन् ।  ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् ।