तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बजारमा – Himalayan Dainik

तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बजारमा


तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बजारमा

काठमाण्डौ,२३ फागुन – तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन । तामाङ फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो भिडियोमा नयाँ प्रयोग गरेका छन ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाज साथ दिएकी छिन । भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय एकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङ क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन । । महानायक दोङले निर्देशन गरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ,मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।