काठमाडौँको क्यूएफएक्स छायाँमा सेन्टरमा ‘कान्छा शेर्पा’ फिल्म प्रिमियर – Himalayan Dainik

काठमाडौँको क्यूएफएक्स छायाँमा सेन्टरमा ‘कान्छा शेर्पा’ फिल्म प्रिमियर


काठमाडौँको क्यूएफएक्स छायाँमा सेन्टरमा ‘कान्छा शेर्पा’ फिल्म प्रिमियर

काठमाडौँ,२२ फागुन प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती कान्छा शेर्पामाथि बनेको फिल्म ‘कान्छा शेर्पा’लाई बुधबार काठमाडौँको क्यूएफएक्स छायाँमा सेन्टरमा प्रिमियर गरिएको छ ।

फिनिस निर्देशक मर्टेन साङ्पो बोरिक निर्माता एवं निर्देशक हुन् । सन् १९५३ मा सगरमाथा आरोहण भएपछिका अनुभव र सम्झनालाई नोर्गेका नाती कान्छा र अर्का आरोही एड्मन्ड हिलारीका नाती पिटरले सविस्तार वर्णन गरेका छन् ।

फिल्मलाई नेपालमा व्यवसायिक प्रदर्शनका लागि तयारी भैरहेको र यसले नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । निर्देशकले कान्छामार्फत शेर्पाको संघर्ष र जीवनलाई चित्रण गर्ने प्रयत्न गरेका छन् ।
उक्त प्रिमियर सोमा पर्यटन व्यवसायी कर्ण शाक्य, नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पुटि शेर्पा ,अभिनेता सन्जय खतिवडा लागायत विभित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।