लिटिल वल्र्ड इङ्गलिस स्कुलका विद्यार्थीद्धारा भ्याकुम क्लिनर र फोहोर छान्ने मेशिनको प्रदर्शन – Himalayan Dainik

लिटिल वल्र्ड इङ्गलिस स्कुलका विद्यार्थीद्धारा भ्याकुम क्लिनर र फोहोर छान्ने मेशिनको प्रदर्शन


लिटिल वल्र्ड इङ्गलिस स्कुलका विद्यार्थीद्धारा भ्याकुम क्लिनर र फोहोर छान्ने मेशिनको प्रदर्शन

भक्तपुर,२३ माघ – लिटिल वल्र्ड इङ्गलिस स्कुलका विद्यार्थीद्धारा ख्वप माध्यामिक विद्यालयको २०औं, ख्वप कलेजको १८ औं  शारदा क्याम्पसको २९ औं बार्षिक उत्सबका अवसरमा ख्वप कलेजमा आयोजित शैक्षिक प्रदर्शनीमा भाग लिएका छन् ।

शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरुले आफैले तयार गरेको भ्याकुम क्लिनर र फोहोर छान्ने मेशिनको प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षक अमरलाल पंडितको नेतृत्वमा विद्यार्थीहरु समीर पराजुली, नविन धोजु, जेनिशा जंगम, करुणा शर्मा र श्रीजा ट्वाटीले शैक्षिक प्रर्दशनीमा अवलोकन गर्न आउनुहुने विद्यार्थी र शिक्षकहरुलाई भ्याकुम क्लिनर र फोहोर छान्ने मेशिनले कसरी कार्य गर्छ भनी प्रदर्शन गरी देखाएका थिए ।

विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानका साथसाथै प्रयोगात्मक अभ्यासका रुपमा समय समयमा विभिन्न खालका विज्ञानका नमूनाहरु तयार गरी विद्यालयमा प्रदर्शन गर्ने गरेको कुरा विद्यालयका शिक्षक अमरलाल पंडितले जानकारी दिनुभयो ।