बामदेव गौतम नेकपाको उपाध्यक्ष – Himalayan Dainik

बामदेव गौतम नेकपाको उपाध्यक्ष


बामदेव गौतम  नेकपाको उपाध्यक्ष

काठमाडौँ, १९ माघ – बामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष बनेका छन् ।पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् ।

गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो ।

स्थायी समितिले सचिवालयको उक्त प्रस्ताव पास गर्दै केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय गरेको थियो । सोही अनुसार उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो । हाल गौतम नेकपाको संगठन विभाग प्रमुख छन् ।