नयाँ सभामुख चयनको कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित – Himalayan Dainik

नयाँ सभामुख चयनको कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित


नयाँ सभामुख चयनको कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित

काठमाडौं,  २७ पुस – सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुरा नमिल्दा बैठक स्थगित भएको हो । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको र उक्त छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी रहनुभएको थियो ।

सभामुखको कुरा नमिलेपछि दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित भएको छ ।

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उहाँले अस्वीकार गर्दै आउनुभएको छ । हिजो बसेको नेकपा सचिवालय बैठकले उहाँलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तर, उहाँले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले राजीनामा नदिने अडान राख्नुभएको थियो ।