समाजसेवी शर्मा रमेश विकल सुशिला सङ्घर्षशील नारीसेवा पुरस्कार बाट सम्मानित – Himalayan Dainik

समाजसेवी शर्मा रमेश विकल सुशिला सङ्घर्षशील नारीसेवा पुरस्कार बाट सम्मानित


समाजसेवी शर्मा रमेश विकल सुशिला सङ्घर्षशील नारीसेवा पुरस्कार  बाट सम्मानित

काठमाडौँ,  ८ पुस – समाजसेवी रेणु शर्मा उप्रेती रमेश विकल सुशिला सङ्घर्षशील नारीसेवा पुरस्कार –२०७६ बाट सम्मानित हुनुभएको छ ।
करिब दुईदशकदेखि घरेलु ंिहसामा परेका महिला दिदीबहिनीको सेवामा अग्रसर समाजसेवी शर्मालाई नेपाली आख्यान क्षेत्रका साधक रमेश विकलको १२ औं स्मृति दिवसको अवसरमा सो नारीसेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो । वि.स. २०२८ साल जेठ १२ गते पाँचथरको सुभाङ ४ हाल हिलिहाङ गाउँपालिकामा पिता प्रेमप्रसाद उपे्रती र माता निर्मला उप्रेतीकी कान्छी सुपुत्रीको रूपमा जन्मनुभएकी रेणु शर्माले समाजशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गर्नुभएको छ ।

वि.स. २०५८ सालमा महिला आधारशिलाको स्थापना गरेर घरेलु हिंसाबाट पीडित नेपाली दिदीबहिनीको उद्धार र कानुनी सेवा, मनोपरामर्शको समेत व्यवस्था गरी जीवनदेखि हाल खाईसकेकालाई बाँच्ने आधार खडा गर्नुभएको छ । उहाँले मानव अधिकार, लैङ्गीक समानता, अनौपचारिक शिक्षा,लघुवित्त कार्यक्रम , व्यवसायिक योजना निर्माण,मनोवैज्ञानिक परामर्श र समय व्यवस्थापनसहित गरी हालसम्म पन्ध्रहजारभन्दा बढि महिलालाई प्रशिक्षण दिईसक्नुभएको छ ।

काठमाडौंको जोरपाटी र भक्तपुरको थलीमा १३ रोपनी जग्गामा निर्मित महिला आधारशिलामा ३२ जना असहाय महिला, ४ जना छोरा, एकसय ७३ जना छोरीहरू संरक्षणमा रहेका छन् ।
महिला आधारशिलामा हिंसा पीडित महिलालगायत उहाँसँग आश्रित बालबालिकालाई समेत खाने बस्ने, शिक्षादीक्षाको व्यवस्था गरिएको छ ।
अध्यक्ष शर्माले महासचिव कमला उप्रेती, मनोपरामर्शदाता गीता न्यौपानेलगायत संस्थाका कार्यसमितिका हरेक सदस्यले महिला आधारशिलाको जग बलियो बनाउन विशेष योगदान दिनुभएको बताउनुभयो ।

सिङ्गै जीवन समाजसेवामा समर्पण गर्नुभएका अध्यक्ष शर्माले यस अगाडि वि.स. २०७६ सालमा नेपाल सरकारले प्रबल जनसेवा श्री चतुर्थ पदक प्रदान गरेको थियो । वि.स. २०७२ सालमा राष्ट्रिय महिला आयोगको स्थापना दिवसमा सम्मान, २०७४ सालमा महिला सुरक्षा दबाब समुहले भुकम्पबाट प्रभावितलाई सहयोग पु¥याउनुभएको सम्मान गरेको थियो । त्यसैगरी नवनारी मासिक पत्रिका र एसोएस बालग्रामले पनि महिला बालबालिकाको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर स्वरूप सम्मान गरेको थियो । महिलालाई दक्ष बनाउन ‘महिला आधारशिला’ले पस्मिनाको सल तयार गर्ने उद्योग खोली एकसय जनालाई रोजगारी समेत दिएको छ ।