गौरिका सिंहले एउटै संस्करणमा ४ स्वर्ण जितेर रचिन इतिहास – Himalayan Dainik

गौरिका सिंहले एउटै संस्करणमा ४ स्वर्ण जितेर रचिन इतिहास


गौरिका सिंहले एउटै संस्करणमा ४ स्वर्ण जितेर रचिन इतिहास

काठमाडौँ, २३ मंसिर –  गौरिका सिंहले दक्षिण एसियाली खेलकुद सागको एउटै संस्करणमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

गौरिकाले यस अघि ४ सय मिटर फ्रिस्टाइल, दुई सय मिटर फ्रि–स्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् । विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी थिइन् ।