अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ढकाल – Himalayan Dainik

अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ढकाल


अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ढकाल

काठमाडौँ,२३ कात्तिक – का भ्रे पनौति ३ का दिपेन्द्र ढकाल मार्सल आर्ट विधाको तेक्वान्दो खेलका नेपालकै सबैभन्दा कम उमेरका अन्तराष्ट्रिय निणायक समेत हुन् । उनी बिगत लामो समयदेखि खेल क्षेत्रमा निरन्तर लागिरहेका छन् । अहिले उनी भक्तपुर तथा काठमाडौका विभिन्न स्कुलहरुमा प्रशिक्षकको काम गरिरहेका छन् ।थुप्रै रास्ट्रीय तथा अन्तरास्ट्रिय खेल संचालन गरिसकेका ढकाल तेक्वान्दोका क्लास ३ लेबलका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत हुन्।

प्रदेश नम्बर ५ मा सम्पन्न भयको आठौं रास्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा निर्णायकको भुमिका निर्बाह गरेर आउनुभएका ढकाल भन्नुहुन्छ खेलाडीहरु भनेको देशको आधार स्तम्ब हो त्यसैले खेलाडीहरुलाइ राज्यले ध्यान दिनुपर्छ। खेल त खेलाडीको हातमा हुन्छ, जित हार उसैमा भर पर्छ तर कुरा उनीहरुको आर्थिक अवस्था ,खेलाडीहरुको हक हित र उनीहरुको जीवन स्तरको हो जस्तो मलाई लाग्छ। खेलाडीको हातमा खेलमात्रै हुनेहो , अरु केही हुँदैन । एउटा खेलाडीले लामो समय सम्म खेल क्षेत्रमा जिबन बिताउछ तर आफ्नो जीवन यापन गर्नको लागि बिदेसिनु पर्ने बाध्यता अझै पनि छ। हाम्रो देशमा सरकारले खेल क्षेत्रलाई नजिकको आँखाले हेरेकै छैन।

खेलाडीहरुलाई नजिकबाट नियालेर हेर्नै सकिराखेको अवस्था छैन जसले गर्दा खेलाडीको अवस्था अहिले पनि उत्तिकै नाजुक छ । अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडीहरुलाई आफ्नो परिवार होइन, आफ्नो जिबनस्तर उकास्न पनि धौधौ पर्ने अवस्था छ । राज्यको यस्तो अवस्था देखि खेलाडीहरु कुनै एउटा पेसा नगरी बाँच्न सकिरहेका छैनन् अनि खेल क्षेत्रबाट खेलाडीहरु पलायन हुन बाध्यात्मक अवस्था सिर्जना भएको छ । देशको यस्तो अवस्था देखेर रोजीरोटीकै लागि कतिपय खेलाडी विदेश भासिन समेत बाध्य छन् ।

नेपालमा युवा तथा खेलकुद मन्त्रालय छ, रास्ट्रीय खेलकुद परिषद् पनि छ,प्रदेश प्रदेश मा खेलकुद सचिवालयहरु छ,जिल्ला जिल्लामा खेलकुद बिकास समिती छ, तर उनीहरुका गतिविधि र खेलकुदमा लगानी भने पटक्कै छैन र उनीहरुलाई अनुगमन गर्ने निकाय भने मार्गदर्शक बनेर बसेको अवस्था छ।
राज्यको खेल क्षेत्रमा आवस्यक मात्रामा लगानी नै छैन । राज्यले रास्ट्रीय स्तरका एक दुइटा मात्र खेल सन्चालन गरेर मात्र देसमा खेलको बिकास हुदैन। राज्यले राष्ट्रिय स्तरको खेल दुई तीन वटा गरेर यो देशको खेल क्षेत्रको कसरी विकास हुन्छ रु नेपालको खेलकुदमा वार्षिक कति बजेट छ, जम्मा बजेटको ०।०१५ प्रतिशत खेलकुदमा बजेट छुट्टाइएको छ, जब कि अन्य देशहरूले जम्मा बजेटको ३० प्रतिशत खेलकुदमा छुट्टाइएको हुन्छ ।

नेपालको परिवेशमा नेपालको खेल क्षेत्रमा राजनीतिक हस्तक्षेपले पनि विशेष स्थान पाइरहेको छ । जब खेलकुदमा राजनीतिले प्रवेश पाउछ भने त्यहाँ खेलकुदको बिकास कहेलै हुदैन । राम्रा खेलाडीहरुले देशमा अवसर नपाएर बिदेशीयको घटनाहरु थुप्रै छन् । राज्यले विदेश पठाएको खेलाडी हारेर आउने निजी खर्चमा गएका खेलाडीहरु जितेर आउने उदाहरण पनि नभएको होइन । राजनीतिक पावरका भरमा एकै प्रबृत्तिका खेलको दुईवटा सघङ दर्ता गर्न दिएर अन्तर्राष्ट्रिय खेलमा मेड्ल ल्याउन सफल रहेको तेक्वान्दो खेलमा समेत पछिल्लो समयमा विवाद उत्पन्न गराउने प्रयास भयो । यस्ता बिबादका कारण तेक्वान्दो खेलाडीहरु प्रति नकारात्मक असर पर्नुका साथ साथै खेलाडीहरुमा अन्योल पैदा समेत भयो । नेपालमा राजनीतिक पावर र पहुँचको भरमा एउटै प्रबृत्तिका खेलको अन्य संघ दर्ता गराक्ष्र मेनपावरको रुपमा काम गरिरहेका संघ सस्था थुप्रै छन् ।

जबसम्म राज्यले यस्ता संघ सस्था हरुलाइ कारबाहीको दायरामा ल्याएर कारबाही गर्दैन तबसम्म मलाई लाग्छ,अबको केही बर्षमा नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय पदक त परै जावस सिघ्गो नेपालको खेलकुद नै धरासाही स्थितिमा पुग्न सक्छ । यस्तो अवस्था आएपछि राम्रा खेलाडीहरु फ्रस्टेसन अवस्थामा पुगेर खेल क्षेत्रबाट पलायन भइरहेका पनि छन् । देशको खेल क्षेत्रमा सुधार अझै हुन सकेको छैन, आमुल परिवर्तन हुन जरुरी छ । यो त सरकार तथा सम्बन्धित निकायले सोच्नु पर्ने कुरा हो । यस्तो अवस्थामा खेल क्षेत्रमा नयाँ पुस्ता किन आउने, यही कुरा आम मानिसमा तथा खेलाडीहरुमा समेत अहिले गम्भीर विषयको रुपमा उठिरहेको छ। पहिलो कुरा त यस क्षेत्रमा लागेर गाँस बाँसको कुनै सुनिश्चितता छैन र अर्को कुरा राम्रा खेलाडीहरुले आर्थिक अवस्थाका कारण अवसर नपाएको अवस्था छ ।

नयाँ पुस्ता यो क्षेत्रमा किन आउने म आफै पनि सम्बन्धित निकाय तथा राज्यलाई यही प्रश्न चिन्न खडा गर्दछु । अब यो अवस्थाले खेल क्षेत्रको विकास हुँदैन । अब पुर्ण रुपमा राज्यले ध्यान दिनुपर्छ । राज्यको यस्तो अबस्था देखेर धेरै राम्रा खेलाडीहरु बिदेश पलायन भइसकेका छ्न भने अबका दिनहरुमा यस्ता खेलको माध्याम बाट देसको नाम राख्न सक्ने क्षमतावान ब्याक्तीलाई उनिहरुको आवस्यकता परिपुर्ति गरेर उनिहरुको क्षमतालाई नेपालमानै परिचालन गर्ने वातावरण अबको नितिमा समाबेश गरिनु आवस्यक छ।

पहिला त सरकारले खेलुकुदमा लगानी गर्नुपर्छ । अहिलेजस्तो झिनो बजेट र मौलाउदो भस्टाचारले कदापी खेलकुद अगाडि बढ्न सक्दैन । प्रत्येक जिल्लामा भौतिक पुर्बाधार सहितको अन्तरास्ट्रिय रंगशाला तथा सरकारलेनै खेलकुद विश्वविद्यालय बनाउनुर्ने देखिन्छ । तर हाम्रो देशमा त कुनै ब्यक्ति को प्राइभेट संघ सस्थाले चन्दा उठाएर बनाउनुपर्ने भएपछि खोइत नेपालको खेलकुद क्षेत्रमा छुटिएको बजेट अनि कहाँ बाट उत्पादन हुन्छ्न नयाँ खेलाडी ।

नेपालमा खेलाडीको बाध्यतालाई सम्झदै उहाँले भन्नुहुन्छ, ‘खेलाडी भएर पाएको राम्रो कुरा नै सम्झन मन लाग्छ । बेलाबेलामा भने भविष्यका बारेमा सोचेर अहिले पनि सोच्छु । त्यस्तो बेला खेलाडी भएर बाँच्न कठिन छ भन्ने नै लाग्छ । तर देशमा खेलाडीहरुको हौसला र सम्मानको लागि र खेलपछिको उनीहरुको भविष्य प्रति राष्ट्र चिन्तित नहुँदा कतिपय खेलाडीहरु विदेशीन बाध्य भएको देख्दा दुःख लाग्छ । त्यसैले खेलाडीहरुको लागि पनि राज्यले ध्यान दिनु जरुरी छ ।’

उहाँले भन्नुभयो, ‘धेरैले खेल बुझेका हुन्छन् तर खेलको नियम बुझेका हुँदैनन् । खेलको नियम बुझ्ने र खेल बुझ्नेलाई थाहा हुन्छ प्रशिक्षकको र प्रशिक्षणको महत्व । नेपालको खेलकुद क्षेत्रको बिकासको लागि स्थानीय तह देखिनै राज्यले विशेष ध्यान दिनुपर्दछ।