महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट – Himalayan Dainik

महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट


महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

काठमाडौं,३ कार्तिक – महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्र संघका उप–महासचिव डा.नतालिया कनेम बीच शिष्टाचार भेटवार्ता भएको छ ।
आइताबार सिंहदरबार स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री थापाले नेपाल सरकारले समतामूलक समाज निर्माण र आम नागरिकले न्यायमूलक समाजमा जीउन पाउने अधिकारको परिकल्पना गरेको बताउनुभयो ।

उहाँले नेपालको आधा भन्दा बढी जनसंख्या महिलाको रहेकाले त्यसमा बालबालिका र किशोरीहरु पनि पर्ने बताउनुभयो । मन्त्री थापाले सरकारले २०७६ लाई लैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउने घोषणा गरेकाले त्यसमा सघाउन आग्रह गर्नुभयो ।
दुई दिने नेपाल भ्रमणमा आउनुभएकी यूएनएफपीएका कार्यकारी निर्देशक कनेमले लैगिक हिंसा र बालविवाह अन्त्य गर्न आपूmहरुले संगसगैै रहेर काम गरेको बताउनुभयो । कनेमले महिला बालबालिका मन्त्रालयले शुरु गरेको लंैगिक हिंसा विरुद्धको अभियानलाई सहयोग गर्न आपूmहरु तत्पर रहेको बताउनुभयो ।
अभियानले किशोरी र महिलाको जीवनमा कसरी फरक ल्याउन सक्छ त्यसको सहयोगका लागि जनसंख्या कोष सधैँ नै तयार रहेको कनेमले बताउनुभयो ।

उहाँले जातजाती, धर्म, सम्प्रदाय, वर्ण र लिंगका मानिसहरुको उपस्थिति रहेकोले नेपाल एउटा समावेशीताको प्रतिक भएको बताउनुभयो ।

सन् १९९४ मा भएको जनसंख्या तथा विकास सम्बन्धी अन्तर्रारष्ट्रिय सम्मेलन (आईसीपीडी)को कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिवद्धता अनुसार हालसम्म गरेको उपलब्धीहरुसँग साक्षत्कार हुन डा. नतालिया सहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।