इटहरीमा जेष्ठ नागरिक निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न – Himalayan Dainik

इटहरीमा जेष्ठ नागरिक निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न


इटहरीमा जेष्ठ नागरिक निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

इटहरी,असोज १२ – जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटनुभएको छ ।  उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाँउमा निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १सय २६जनाले स्वास्थ्य परीक्षण गराएका छन । शिविरमा ल्याव सेवा र औषधी पनि निशूल्क गरिएको छ ।

विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा रामकुमार मेहता,हाडजोर्नी रोग विशेषज्ञ डा मिथलेस कुमार गुप्ता,स्त्री रोग विशेषज्ञ डा सपना भगत,इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुभयो । साठी बर्ष माथिका जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो ।

इटहरी उपमहानगका उपप्रमुख लक्ष्मी गौतमले शिविर उदघाटन गर्नुभयो । दिनभर पानी परेपनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले वताउनुभयो । यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १,३,१२,१६ र १७ नम्वर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । पाँच ठाँउमा भएका शिविरमा २सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । आफनै गाँउ ठाँउमा उपमहानगरले निशूल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुशि भएका छन ।