रोकिएनन प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यका आँसु – Himalayan Dainik

रोकिएनन प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यका आँसु


रोकिएनन प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यका आँसु

भक्तपुर,असोज १२- भक्तपुरको कौशलटारमा सर्वोत्कृष्ट जीवन शाश्रत चिन्तनको मातृत्वमा मानवीयताको कुनै सिमा हुँदैन भत्रे मुख्य नाराका साथ मानव सेवा आश्रमको शाखा उद्घाटन तथा गृह प्रवेश कार्यक्रममा प्रमुख अतिथी हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली । उहाँसँगै धर्मपत्नी राधिका शाक्य पनि उपस्थिीत हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थयो भने भक्तपुर २ का पूर्व उधोगमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत , काठमाडौँ महानगरपालिकाका प्रमुख विधासुन्दर शाक्य लगायत अन्य विशिष्ट नेताहरु प्रमुख उपप्रमुखहरुको समेत उपस्थिीत रहेको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमका अभियन्ताहरुले सडकमा अलपत्र परेका मनोरोगीहरुको दैनिकीमा आधारित सडक नाटक मञ्च लौरोको प्रस्तुती गरेका थिए । सडक नाटक मञ्च जब शुरु भयो निकै रोचकका साथ प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्तनी राधिका शाक्यले दृश्यवोलन गर्नुभएको थियो ।

जब नाटकमा मानसिक सन्तुलन गुमाएकी गर्वभती महिलाको मृत्यु भयो प्रधानमन्त्री ओलीकी धर्मपत्नीको आँखामा आँसु थामिएनन । प्रधानमन्त्री ओली सहित कार्यक्रममा उपस्थिीत दर्शकहरु पनि भावुक बनेका थिए ।

सो कार्यक्रममा एक करोड अक्षयकोषको स्थापना गर्ने घोषणा गर्दै प्रधानमन्त्री ओलीले उक्त आश्रममा बसेकाहरुलाई मासिक तीन हजार दिने घोषणा समेत गर्नुभयो ।


कार्यक्रममा पूर्वउधोग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुरका स्थानीइ तह तथा जनप्रतिनिधिहरुले नेपाल सरकारको सडक मानव मुक्त देश निर्माण गर्ने योजनालाई सफ बनाउन अहोरात्र खटिरहेको बताउँदै भक्तपुरलाई अब छिटै सडक मानव मुक्त जिल्लाको रुपमा घोषणा गर्ने दाबी गर्नुभयो ।


काठमाडौँ महानगरपालिकाका प्रमुख विधासुन्दर शाक्यले आगामी आर्थिक वर्षमा पाँचसय जना बस्न मिल्ने भवन निर्माण गर्ने घोषण गर्नुभयो । शाक्यले महानगरपालिकामा सडक मानव मुक्त बनाउने उदेश्यका साथ उक्त मानव आश्रमको लागि दुई वटा भवनको भाडा उपलब्ध गराइरहेको समेत जानकारी गराउनुभयो ।


मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपुरमा सडक मानव मुक्त बनाउन भक्तपुरका जनप्रतिनिधी पनि अहोरात्र खटिरहेको जानकारी गराउनु भयो । उक्त आश्रम सडक मानवको आधारशिलाको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।