किरिया खर्च नभएर विच्लीमा परेका मनमायाँ दमाईको परिवारलाई नायक खतिवडाको रू २० हजार सहयोग – Himalayan Dainik

किरिया खर्च नभएर विच्लीमा परेका मनमायाँ दमाईको परिवारलाई नायक खतिवडाको रू २० हजार सहयोग


किरिया खर्च नभएर विच्लीमा परेका मनमायाँ दमाईको परिवारलाई नायक खतिवडाको रू २० हजार सहयोग

काठमाडौं, ११ असोज – आर्थिक स्थिति निकै कमजोर भएका भीमबहादुरको घरमा विद्युत मिटरसमेत जडान भएको छैन्। उनीहरू अहिले पनि अध्यारोमा बस्न बाध्य भएका छन्।

‘काजकिरिया खर्चसमेत नभएको भन्ने थाहा भएपछि नगरपालिकाले तत्काललाई खाद्य सामग्री प्रदान गरेको थियो’ ‘नगरपालिकाले आवश्यक थप सहयोग गर्ने भनेपनि नगरेपछि मिडिया मार्फत थाहापाई नायक संजय खतिवडाले  नगद रू १० हजार सहयोग गरेका छन भने उनको सहयोगी हातमा हस्ते मिलाउँदै दिपा राय थापाले पनि सहयोग गरेकी  हुन् । नायक संजय खतिवडाको पहलमा रू २० हजार बैंक मार्फत पिडित परिवारलाई सहयोग गरेका हुन ।

‘काजकिरियमा बसेका छौं संस्कारअनुसार कसरी उम्कने हो भन्ने चिन्तामा थियौँ’ मनमायाँले भनिन् “सहयोगले ठूलो राहत मिलेको छ। जसतासो उम्कीने पाइने भयो खुसी लागेको छ।’

‘देवलडाँडा बुटे दमाई’ को नामबाट परिचित भीमबहादुर दमाईले साङ्लिया र छिमेकीको हलो, जुवासहितका कृषि औजार निर्माण गर्ने र हलिको काम गरेर परिवार पाल्दै आएका थिए। गोठालो गर्ने क्रममा भीमबहादुर एकहप्ता अघि गोठमा मृत अवस्थामा फेला परेका थिए।

अहिले परिवारमा उनको धर्मपत्नी मनमायाँ दमाइ सहित एक छोरा र पाँच छोरी रहेका छन्। भीमबहादुरको निधनपछि अहिले सिंगो परिवार साँझबिहान के खाने भन्नेमा चिन्तित छन्।  काम गरेर खानको लागि आफ्नो खेतबारी समेत नभएको मनमायाँले बताइन्। सम्पतिको नाममा सानो खरले छाएको घरको झुपडी र गाइ गोरु मात्र छन्।

साथै नायक सञ्जयकै प्रयासमा केहि दिन भित्रै विजुलि जडान गरिने भएको छ ।