काठमाडौं,१० असोज – नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको नेपाल माउण्टेन एकेडेमीबाट भिजिट नेपाल२०२० को गुडवील एम्वेष्डर (सद्भावना दुत) मा नायक संजय खतिवडा नियुक्त भएपछि पर्यटन प्रवद्वर्दनका लागि नेपालको विभित्र ठाउँमा सुर्खेत, तेह्रथुम,कास्की, डोल्पा पुगेकी सकेका छन ।
यसै बिचमा पर्यटन बर्ष का लागि सत्रिय रूपमा लागेका उनै नायक खतिवडा पर्यटन प्रव्द्वधनका लागि १ महिना युरोप भ्रमण समेत गर्दैछन । युरोपका विभित्र ठाउँमा पुगेर नेपालको बारेमा प्रचार प्रसारमा सत्रियरूपमा अाफ्नो भुमिका निर्वाह गर्ने र धेरै भन्दा धेरै संख्यामा विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको बताउँए।
तेह्रथुममा जन्मिएका सद्वावना दुत तथा नायक खतिवडा हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै अाएका छन । सद्वावना दुत तथा नायकले मात्रै परिचित छैनन खतिवडा । उनी विभित्र चलचित्र, टेलिफिल्मी जनचेतनामुलक विज्ञापनमा समेत अभिनय गरिसकेका छन । यति मात्रै कहाँ होर उनको परिचय नेपाली समाजमा समाजसेवा मात्रै होइन समाज नै परिवर्तन गर्न सक्छु पर्छ भन्ने सोचका साथ अगाडि बढेका सद्वावना दुत तथा नायक खतिवडा लायन्य क्लव अफ इन्टरनेशन्ल न्यु वेभका भाइस प्रेसिडेन्ट समेत रहेका उनी सामाजिक क्षेत्रमा पनि अग्रर पंित्तमा देखिन्छन ।
उनले विकासोन्मुख कर्णालि क्षेत्रमा शिक्षाको विकासको लागि डोल्पामा अपाङ्ग विद्यालय निर्माणको महाअभियानमा लागेका छन् । उनको संयोजकत्वमा डोल्पा जिल्लामा करिब १ करोडभन्दा बढिको लगानिमा मुकुटेश्वर आधारभुत विद्यालय निर्माण हुँदैछ भने जस्को पहिलो चरणको दुई रोपनी जग्गा खोज्ने काम सम्पन्न भैसकेको पनि जानकारी गराएका छ । डोल्ला जिल्लाको दुनैमा बत्र लागेको विधालय निकट भविष्यमा नै कर्णालीका अधिकांश बाल -बालिकाहरूलाई समेटेर अाधारभुत देखि सेकेन्डरी लेभलसम्म शिक्षा प्रदान गर्ने उदश्यले काम गरिरहेको समेत जानकारी गराए ।
सद्वावना दुत तथा नायक खतिवडाकै नेतृत्वमा लायन्स क्लब अफ इन्टरनेशन्ल न्यु वेभले नेपाल सरकार वन मन्त्रालयसँग मिलेर विश्व वातावरण संरक्षणका निमित्त विभित्र धार्मिक किसिमका वृक्षारोपरण समेत निरन्तर गर्दै अाएका छन ।