इटहरी,१ असोज – इटहरीको पचरुखी चौकमा टीभीएसको ह्वील बिट्स कन्सर्ट बुधबार सम्पन्न भएको छ ।नेपाल को लागि टिभी एस को आधिकारिक बिक्रेता समेत रहेको जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महानपर्व बडा दशैँ तथा दीपावली लाई लक्षित गरेर सो कन्सर्टको आयोजना गरेको हो । टीभीएस दशैंको दौड स्किम अन्तर्गत मुख्य मुख्य शहरमा कन्टर्स गर्ने कार्यक्रम अनुसार बुधबार विश्वकर्मा पुजाको उपलक्ष्यमा इटहरीमा सो कन्सर्टक गरिएको छ ।
कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दिप क्षेत्री , प्रकाश अधिकारि , भिम होना साथै गौरब पाठकले विभिन्न स्टन्ट देखाएका थिए भने चर्चित हास्य कलाकार दिनेश काफ्लेले हास्यव्यंग गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए । त्यस्तै कार्यक्रममा बिभिन्न गीतहरुमा नृत्य समेत प्रदर्शन गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा हालै नेपाली बजारमा भित्रिएका दुई नयाँ बाइक आरटि आर १६० २ भी र रेडीएन ११० को कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक समाज को अध्यक्ष कर्ण बहादुर कार्कीले लन्च गरेका थिए । त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कार्कीले जगदम्बा मोटर्सले टिभीएसले ल्याएको नयाँ बाइक बलियो राम्रो र भरपर्दो रहेको भन्दै बधाई समेत दिएका थिए । अध्यक्ष कार्कीले सबैलाई आफ्नो क्षमता अनुसार गाडी चढ्न अनुरोध समेत गरेका थिए । उनले सबै सवारीसाधन प्रयोगकर्ताभने जहिले पनि सवारी साधनको प्रयोग गर्दा ट्राफिक नियमको पालना गर्न अनुरोध गर्दै उपस्थित सबैलाई विजया दश्मीको तथा शुभदिपावलीको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रमको सभापति पारस अटो मोबाइलसका संचालक श्री लिलानाथ लुइँटेलले यस्तो सांस्कृतिक तथा स्टन्ट शो जस्ता कार्यक्रमले समाजमा लुकेका प्रतिभालाई समेत बाहिर ल्याउने गरेकोले हाम्रो कला संस्कृतिको जोगाउनु पर्नेमा जोड दिए ।
इटहरीको पचरुखी मा सम्पन्न भएको कन्सर्टमा १ हजार भन्दा बढी मान्छेको सहभागी रहेको बजार प्रमुख नवराज कोइरालाले जानकारी दिए । कार्यक्रममा उपस्थित दर्शकले भरपुर मनोरन्जन लिएको र यो कार्यक्रम देशव्यापी रुपमा गर्ने उनले बताए । उनले स्किम संगै देश भरि आउदो शनिबार स्वास्थ्यको लागि दशैको दौड भन्ने कार्यक्रम अन्तर्गत देशका जनतालाई बिहान दौडाउने कार्यक्रम पनि रहेको कोइराला बताए ।
दसैंको अवसरमा जनकपुर हुँदै इटहरी, विराटनगर, दमक, झापालगायतका ठाउँमा जगदम्बा मोटर्सले पोडक्ट प्रोमोसनका लागि टिभिएस ह्विली बिट्स कन्सर्टको गर्ने बजर प्रमुख नवराज कोइरालाले जानकारी दिनुभयो ।