ओली–प्रचण्ड पार्टी एकतालाई पुर्णता दिन जुटे – Himalayan Dainik

ओली–प्रचण्ड पार्टी एकतालाई पुर्णता दिन जुटे


ओली–प्रचण्ड पार्टी एकतालाई पुर्णता दिन जुटे

काठमाडौं भदौ २२- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा केन्द्रित रहेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली शुक्रबार  सिंगापुरबाट  फर्किएपछि दुई अध्यक्षबीच स्वास्थ्य अवस्थाका विषयमा बालुवाटारमा भेटवार्ता भएको थियो । आजको भेटवार्ता भने पार्टी एकताका बाँकी काम टुंगो लगाउन केन्द्रित रहेको खुमलटार स्रोतले जनाएको छ ।

नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतमा अझै पुर्णता पाउन सकेको छैन । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि बिभागले पनि पुर्णता पाउन सकेको छैन । यस्तै अझै एक तिहाई केन्द्रीय सदस्यले जिम्मेवारी पाउन सकेका छैनन ।

सिंगापुरमा दुई साता लामो उपचारपछि शुक्रवार फर्कनुभएका प्रधानमन्त्री ओलीले पहिलो प्राथमिकतामा सरकारको नियमित काम र पार्टी एकताको पुर्णतालाई राख्नुभएको छ । सोही आधारमा उहाँले आज मन्त्रिपरिषद बैठकसमेत राख्नुभएको थियो ।