गोरखापत्र दैनिकको फोटो पत्रकार कविता थापा सम्मानित – Himalayan Dainik

गोरखापत्र दैनिकको फोटो पत्रकार कविता थापा सम्मानित


गोरखापत्र दैनिकको  फोटो पत्रकार कविता थापा सम्मानित

काठमाडौँ,भदौ २०- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गोरखापत्र दैनिकको फोटो पत्रकार कविता थापालाई सम्मान गरेको छ ।

मन्त्रालयद्वारा काठमाडौँमा मानव बेचविखन तथा ओसारपसार विरूद्धको १३औं राष्ट्रिय मुल समारोह समितिद्वारा आज आयोजित समारोहमा मानव बेचविखन विरूद्ध समाचार, फोटोलगायत अन्य माध्यमबाट योगदान पुुुुुुुुुर्याउने , पत्रकार, समाजसेवी सङ्घ संस्थालाई पुरस्कृत एवं सम्मानित गरेको हो ।

गोरखापत्र दैनिकमा फोटो पत्रकारका रूपमा कार्यरत कविता थापा विगत १२ वर्षदेखी गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै उहाँ सञ्चारिका समूहको केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपाल भक्तपुर शाखाको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

त्यस्तै महिला खबर अनलाईनका गगनसिला खड्का, हाल नुवाकोट जिल्लामा कार्यरत प्रहरी सहायक निरीक्षक सुकु तामाङ, पत्रकार सुसिल दर्नाल, मायालु लामा, सिविस नेपाल र आफन्त नेपाल संस्थालाई मानव बेचविखन विरूद्धमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

सन् २००२ मा राजधानीमा सम्पन्न सार्कको एघारौं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचविखन विरूद्ध सार्क महासन्धीलाई वि.स. २०६३ भदौ २० गते तत्कालिन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० नेपालमा मानव बेचविखन विरूद्धको राष्ट्रिय दिवस मनाउँदै आएको हो ।

‘सरकारको प्रविद्धताःमानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता’ नारासहित आयोजित दिवसमा विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्वसहित विशाल ¥याली निकालिएको थियो । विशाल जनसहभागितासहित भृकुटीमण्डपबाट निस्किएको ¥यालीले टुँडिखेल परिक्रमा गरी राष्ट्रिय सभागृहमा सभामा परिणत भएको थियो ।