रूपन्देहीमा ६२ जनालाई डेंगुको संक्रमण – Himalayan Dainik

रूपन्देहीमा ६२ जनालाई डेंगुको संक्रमण


रूपन्देहीमा ६२ जनालाई डेंगुको संक्रमण

रूपन्देही,भदोै २०-रूपन्देही  जिल्लामा ६२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेंगु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेंगुको सङ्क्रमण देखिएको हो। पछिल्लो दुई दिनमा डेंगुका बिरामीको संख्या बढेको प्रमुख गिरीले बताए।

यसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन्। यो वर्ष भदौ महीनादेखि डेंगुको सङ्क्रमण फैलिएको हो। विगतका वर्षको तुलनामा संक्रमण नफैलिए पनि लामखुट्टेको संख्या वृद्धि हुने समय अझै बाँकी रहेकाे गिरीको भनाइ छ।

स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेंगुको संक्रमण घटाउनुपर्ने उनको भनाइ छ। डेंगुको संक्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा परीक्षण किट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताए। ‘हामीसँग १०० वटामात्रै किट छ।

जिल्लाका दुई सरकारी अस्पताल भैरहवा भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा कीट उपलब्ध गराएका छौँ, बिरामी बढ्दै गए किट अभाव हुनसक्छ’, उनले भने।

हेल्थ टिभी अनलाइन