प्रधानमन्त्री ओली सिंगापुरबाट भोलि दिउँसो स्वदेश फिर्ता हुँदै – Himalayan Dainik

प्रधानमन्त्री ओली सिंगापुरबाट भोलि दिउँसो स्वदेश फिर्ता हुँदै


प्रधानमन्त्री ओली सिंगापुरबाट  भोलि दिउँसो स्वदेश फिर्ता हुँदै

उपचार सकिएसँगै प्रधानमन्त्री ओली भोलि शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ । गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ ।

बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका निजी चिकित्सक शर्माले बताउनु भयो । प्रधानमन्त्रीको उपचार सकिएसँगै निजि चिकित्सक शर्मा बुधवार नै स्वदेश फर्कनुभएको छ । शर्माका अनुसार सातौँ चरणको प्लाज्मा फेरेसिस सकिएको छ । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन् । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ । तर, प्लाज्मा फेरेरिसले ठीक भए–नभएको यकिन अहिल्यै हुँदैन । त्यसले काम गरे–नगरेको केही दिनपछि मात्रै थाहा हुन्छ ।

यसअघि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते स्वदेश फर्कुनुभएको थियो ।