प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा नेता गौतम सिंगापुर जादै – Himalayan Dainik

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा नेता गौतम सिंगापुर जादै


प्रधानमन्त्री  ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा नेता गौतम सिंगापुर जादै

काठमाडौं, भदौ १८- नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जानु हुने भएको छ । उहा हिजो नजाने बताएपनि आज त्यसतर्फ जान लाग्नु भएको हो ।

मंगलबार टिकट बुक गरेको केही समयमा क्यानसिल गर्नुभएका नेकपा संगठन विभाग प्रमुख समेत रहनु भएका गौतम आज मध्यान्ह एक बजे सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि हिजो महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरिसक्नु भएको छ ।

यसैविच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ। मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उहाको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो।