पेट पाल्न रेल्वेस्टेशनमा गीत गाउने रानूको यसरी बदलियो भाग्य – Himalayan Dainik

पेट पाल्न रेल्वेस्टेशनमा गीत गाउने रानूको यसरी बदलियो भाग्य


पेट पाल्न रेल्वेस्टेशनमा गीत गाउने रानूको यसरी बदलियो भाग्य

एजेन्सी,भदोै १२-पछिल्लो समय भारतमा एक महिलाको सामाजिक सञ्जालका कारण भाग्य नै बदलिएको छ ।रानूमण्डल भारतको पश्चिम बङ्गालको राना घाट स्टेसनमा गीत गाएर गुजारा चलाउने गर्थिन । उनलाई एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे पछि उनी एकाएक भाइरल भएकी थिइन् । उनि गित गाएरै पेट पाल्थिन्, कोही बिस्कुट दिन्थे त कोही पैसा । मानिसको भाग्य कति बेला बदलिन्छ भन्न सकिदैन् । हामीहरू कति पय अवस्थामा त त्यो सपना हो कि बिपना भन्ने पनि छुट्ट्याउन सकिदैन् । रानूमण्डल यी दिनहरूमा यस्तै अनुभूति गर्दै छिन् ।

भाइरल भिडियो सँगै रानूमण्डल बलिउड गायकका नजरमा परिन् । गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउन समेत लगाएका छन् । उनको आवाज सुन्नेहरूले मण्डललाई लता मंगेश्करको आवाज सँग तुलना गरेका छन्। भारतीय सङ्गीत क्षेत्रका एक निर्देशक हिमेश रेशमियाले आफ्नो चलचित्र ‘ह्याप्पी हार्डी एण्ड हिर’मा गीत गाउने मौका दिए । हिमेशले रानूलाई आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी सो सुपर सिङ्गरमा विशेष अतिथिका रूपमा बोलाएर गाउन लगाए ।

त्यस्तै अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेता सलमान खान रानूमण्डलको मद्दतको लागी अग्रसर भएको खबर एकाएक भाइरल भएको छ । अभिनेता सलमान खानले उनलाई ५५ लाखको घर दिएको भन्ने खबर फैलिएको छ । सलमानले रानूलाइ आफ्नो नयाँ फिल्म ‘दबंग थ्री’ मा गीत गाउन लगाउने पनी बताइएको छ । तर यी खबरहरूको आधिकारिक पुष्टि भने अहिले सम्म भएको छैन । यसै पनि सलमान बलिउडमा आफ्नो सहयोगी छविका लागि चर्चित छन् ।

सामाजिक सञ्जालकै कारण अहिले रानूको भाग्य चम्किएको छ । पुरै जीवन गरिबीमा बिताएकी उनको भाग्य केही मिनेटको भिडियोले चम्काएको हो । उनी अहिले जताततै छाएकी छिन ।