काठमाडौं उपत्यकामै ५५ जना डेँगु संक्रमित- महामारीकै रूप लिन सक्ने खतरा – Himalayan Dainik

काठमाडौं उपत्यकामै ५५ जना डेँगु संक्रमित- महामारीकै रूप लिन सक्ने खतरा


काठमाडौं उपत्यकामै ५५ जना डेँगु संक्रमित- महामारीकै रूप लिन सक्ने खतरा

काठमाडौं,भदोै १२-सुनसरी, कास्की, चितवन, मकवानपुर लगायत जिल्लामा महामारी जस्तो देखिएको डेंगुको संक्रमण काठमाडौं उपत्यकामा देखापर्न थालेको छ । डेंगु भाइरसबाट सक्रमित लामखुट्टेले टोकेपछि सर्ने रोग यतिबेला काठमाडौंका स्वम्भू, बालाजु, टेकु, लगन, असन लगायत भक्तपुरको लोकन्थलीमा देखिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा बुधबार नै ११ जना नयाँ बिरामी भर्ना भए । यति मात्रै होइन अस्पतालकै दुइ जना स्वास्थ्यर्मी संक्रमित छन् ।

विगत वर्षहरूमा असोजबाट सुरु भए पनि यसपटक जेठदेखि नै डेँगु संक्रमित देखापरेको अस्पतालले जनाएको छ । अब त अस्पतालले नै झुल लगाएर बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । एक्कासि ज्वरो आउने र साथमा टाउको दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने र शरीरमा बिमिरा आउने लगायत लक्षण संक्रमितमा देखापरेका छन् ।