फेवाताल मिच्नेलाई मन्त्री भट्टराईको प्रश्न : पानीमुनि पनि लालपुर्जा हुन्छ र ? – Himalayan Dainik

फेवाताल मिच्नेलाई मन्त्री भट्टराईको प्रश्न : पानीमुनि पनि लालपुर्जा हुन्छ र ?


फेवाताल मिच्नेलाई मन्त्री भट्टराईको प्रश्न : पानीमुनि पनि लालपुर्जा हुन्छ र ?

कास्की, भदोै १२  – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले फेवातालको अतिक्रमण भएको जग्गा फिर्ता गरेरै छाड्ने बताउनु भएको छ ।

पोखरामा भएको कार्यक्रममा मन्त्री भट्टराईले फेवाताल अतिक्रमण गर्नेहरुलाई लालपुर्जा फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ । पोखरामा भएको अन्तरक्रियामा मन्त्री भट्टराईले भन्नुभयो, ‘पानीमुनि पनि लाजपुर्जा हुन्छ ? हुँदैन । कथमकदाचित लाजपुर्जा बनाइएको छ भने त्यो सरकारलाई बुझाउनु होला ।’

पोखरा विमानस्थलको अवलोकन: ४५ प्रतिशत काम सकियो

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि अवलोकन गर्नु भएको छ ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवाला, राजनीतिक दलका नेता तथा प्रदेश सरकारसँग छलफल पनि गर्नु भएको छ ।
छलफलमा आयोजना प्रमुखले ६ महिनाअघि नै काम सकिने जानकारी मन्त्री भट्टराईलाई दिनु भएको छ ।

आयोजनाका प्रमुख विनेश मुनकर्मीले मन्त्री भट्टराईलाई ४५ प्रतिशत काम सकिएको जानकारी गराउनु भएको छ । निरीक्षणका क्रममा मन्त्री भट्टराईले जुनसुकै हालतमा पनि तोकिएको समयमा काम सक्न निर्देशन दिनुभयो ।

विसं २०७१ सालदेखि सुरुवाती निर्माण सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१  को जुलाइसम्ममा सक्ने लक्ष्य छ ।