राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर शाखाको अध्यक्षमा खड्का – Himalayan Dainik

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर शाखाको अध्यक्षमा खड्का


राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर शाखाको अध्यक्षमा खड्का

मकवानपुर ,भदौ ९- राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन् । सोमबार हेटौंडामा भएको अधिवेशनले राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा खड्कालाई चयन गरेको हो ।

अधिवेशनले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा बलराम पुडासैनी र सह–सचिवमा उज्वल अधिकारी चयन भएका छन् । त्यसैगरी समूहको सदस्यहरुमा सहनशिला ढकाल, मिना श्रेष्ठ, सरला अधिकारी, दिलबहादुर लामा, धिरज ढकाल र बिक्रम बानियाँ चयन भएका हुन् । त्यसैगरी समूहको सल्लाहकारमा क्रमश रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारी छन् । समुहका केन्दीय महासचिव प्रदिपराज वन्त र प्रदेश सल्लाहकार गिरिजा अधिकारीले समूहको नव निर्वाचित कार्यसमितिलाई माला लगाएर बधाई दिएका थिए ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कट्टेलले फोटो पत्रकारहरुलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । कार्यक्रममा ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल बानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौँलागाई, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, नेपाल चलचित्र बोर्डका सदस्य नरेन्द्र महर्जन, पत्रकार महासंघ प्रदेश नम्वर ३ का अध्यक्ष प्रताप विष्ट र राष्ट्रिय फोटो पत्रकार समूहका प्रदेश अध्यक्ष नारायण शिलवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।