काठमाडौं,भदोै ९ – तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् ।उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ ।
भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि उल्लेख गरेका छन् । जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि भट्टराईले बताए ।
यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने उनको योजना छ ।