भारतको राजधानी नयाँ दिल्लीमा गौरा पर्व मनाइयो ! – Himalayan Dainik

भारतको राजधानी नयाँ दिल्लीमा गौरा पर्व मनाइयो !


भारतको राजधानी नयाँ दिल्लीमा गौरा पर्व मनाइयो !

नयाँ दिल्ली, भदोै ९-२०७६ भाद्र १ गतेका दिन सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य अन्तर्गत आजादपुर एरिया समितिले सुदूरपश्चिमेलीको महान चाड गौरा पर्व राजधानी दिल्लीमा मनाएको छ।

आजादपुर एरिया समितिका अध्यक्ष शम्भु भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय कोषाध्यक्ष महादेव भट्ट, विशिष्ट अथितिमा सुदूरपश्चिमेली नेपाली समाज भारत क्षेत्रीय संयोजक भवानी दत्त भट्ट लगायत केन्द्रिय समितिका सदस्यहरूसहित दिल्ली राज्य अध्यक्ष हर्क रावत को उपस्थिति थियो । यसैगरी सम्पूर्ण राज्य समिति, महरौली जिल्ला समिति, पालम एरिया समित, रानिबाग एरिया समितिका सञ्जय गान्धी एरिया समिति तथा विभिन्न सामाजिक संघ९ संस्था, राजनीतिक दलका व्यक्तित्वहरू, बुद्धिजीवी र राजधानी दिल्लीमा सक्रिय पत्रकारहरूलाई अतिथिमा सम्मान गरिएको थियो। कार्यक्रम दिल्ली राज्य सचिव गणेश दत्त भट्ट र समाजसेवी सुरेन्द्र बोहराले संयुक्तरूपमा संचालन गरेका थिए।

पँडित श्री देवराज भट्ट लगायत कार्यक्रममा उपस्थित महिला द्वारा गौरा देवीको पूजा आराधना गर्दै सम्पूर्ण दर्शकहरूलाई टिका प्रसाद ग्रहण गराइएको थियो । औपचारिक कार्यक्रममा उत्तर भारत संयोजक भवानी दत्त भट्टले सुदूरपश्चिमेली नेपाली समाज बारेमा सबैलाई जानकारी गराउनका साथै यस समाजले प्रवासमा नेपालीहरूका लागि गरेको सामाजिक कार्य र १४ लाख रकमको आर्थिक विवरण पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि महादेव भट्टले आफ्नो मन्तव्य राख्दै गौरा सर्वशक्तिमान् भएको विश्वासमा यो पर्व मनाउन थालिएको जानकारी दिदैँ प्रवासमा नेपाली समाजप्रति उत्तरदायी साथै सुदूरपश्चिमेली कलासंस्कृतिका लागि अझ थप उर्जाका साथ कार्य गर्ने प्रतिबद्धता जाएर गरेका छन्।

औपचारिक कार्यक्रम पश्चात सास्कृतिक कार्यक्रमको शुभारम्भ नेपाली तथा हिन्दी राष्ट्रिय गान बाट गरिएको थियो। साथै सास्कृतिक कार्यक्रमको स्वागत देशभक्त गीतमा अहिलेकै चर्चित बालकलाकार निर्मल पुन, सृष्टि अधिकारी, मेनका परियारको नृत्य बाट भएको थियो। भारत प्रवासमा प्रख्यात तथा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुतिले सांस्कृतिक कार्यक्रम अत्यन्तै मनोरञ्जनात्मक भएको हो।

सुदूरपश्चिमे चर्चित डोटेलि गायक सौगात ओझा र अशोक चन्दको झुमझाम गीत संगीतका साथै गायिका संगीता बमको तीज गीतमा महिला दिदि बहिनिहरु झुमेका थिए। लगभग ७ सय दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा हेल्प फोर नेपाल संघ दिल्लीले स्वयं सेविकाको भूमिका निर्भाह गरेको थियो।

कार्यक्रमका उपस्थित कलाकारहरुको व्यवस्थापन दिल्ली राज्य समितिका कोषाध्यक्ष तथा कला संस्कृति विभाग प्रमुख मनोज भट्ट गरेका थिए। कार्यक्रमका सभापति श्री सम्भु भट्टले सम्पुर्ण आयोजक, अतिथि तथा दर्शकहरूलाई हार्दिक धन्यवाद ज्ञापन दिदैँ कार्यक्रमलाई सफल बनाउनको निम्ति प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान दिने सम्पूर्णमा आभार प्रकट गरे।

कार्यक्रमलाई सफल गर्नको लागि आर्थिक तथा भौतिक योगदान दिने सम्पुर्ण संस्था सदस्य, समाजसेवी, व्यवसाय संघ संस्थाहरुलाई आजादपुर एरिया समितीले कार्यक्रमको सम्मान सहित दोसल्ला ओढाएका थियो ।