भारतीय पूर्वअर्थमन्त्री जेटली रहेनन् – Himalayan Dainik

भारतीय पूर्वअर्थमन्त्री जेटली रहेनन्


भारतीय पूर्वअर्थमन्त्री जेटली रहेनन्

एजेन्सी,भदोै ७ -भारतका पूर्वअर्थमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनको शनिबार दिउँसो दिल्लीस्थित एम्स हस्पिटलमा निधन भएको बीबीसी(हिन्दी)ले जनाएको छ।

६६ वर्षीय जेटली श्वासप्रश्वासमा कठिनाइ भएपछि १५ दिनअघि अगस्ट ९ तारिखमा दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए।

सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका जेटलीको एक वर्षअघि एम्समै मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो।

गत जनवरी १३ मा सफ्ट टिस्यु क्यान्सरकै उपचारका क्रममा न्युयोर्क गएका उनी फेब्रुअरीमा घर फर्किएका थिए।