प्रहरी महानिरीक्षक खनालले रवि लामिछानेलाई चितवन पुगेर भेटे – Himalayan Dainik

प्रहरी महानिरीक्षक खनालले रवि लामिछानेलाई चितवन पुगेर भेटे


प्रहरी महानिरीक्षक खनालले रवि लामिछानेलाई चितवन पुगेर भेटे

चितवन भदोै ६- चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामि’छानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् ।

चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा खनालले ला’मिछाने र उनीसँगै हिरासतमा रहेका युवराज कँडेललाई भेटेका हुन् । खनाल शुक्रबार चितवनको जिल्ला प्रहरी कार्यालय निरीक्षणको क्रममा थिए ।

कार्यालय निरीक्षणको समयमा उनले लामि’छानेलाई भेट गरेको चितवन प्रहरीले जनाएको छ । लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडा’सैनी चितवनकै होटल कंगारुमा गत साउन २० गते झुन्डिएको अवस्थामा मृ’त भेटिएका थिए ।

पुडासै’नीले रवि लामि’छाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्मह’त्या गर्न बाध्य पारेको भन्दै खिचेको भिडियो सार्वजनिक भएपछि रविलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।