प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान – Himalayan Dainik

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान


प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं,भदोै ५ – प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।

पत्नी राधिका शाक्यसहित सहयोगी, निजी चिकित्सकका साथ प्रधानमन्त्री ओली सिंगापुर जानु भएको हो । त्यसअघि प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना लगायतले त्रिभुवन बिमानस्थलको अति बिशिष्ठ कक्षमा बिदाइ गर्नुभएको थियो । सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण भइरहेको छ ।

साउन १८ गतेदेखि २७ गतेसम्म प्रधानमन्त्री ओलीको सोही अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । सो क्रममा मृगौलासम्बन्धी ‘एन्टीबडी’को मात्रा केहीबढी देखिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहकाअनुसार एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री ओली सिंगापुर जानु परेको बताउनु हुन्छ ।