हिंसामा परेका महिला, बालबालिकालाई उद्धारसँगै रोजगारी व्यवस्था महिला आधारशिलामा – Himalayan Dainik

हिंसामा परेका महिला, बालबालिकालाई उद्धारसँगै रोजगारी व्यवस्था महिला आधारशिलामा


हिंसामा परेका महिला, बालबालिकालाई उद्धारसँगै रोजगारी व्यवस्था महिला आधारशिलामा

काठमाडौं,२५ साउन – पृतिसत्तात्मक समाजको उपज महिला र बालबालिकाले हिंसा भोग्नुपर्ने अवस्था व्याप्त छ नेपालमा । अधिकारका आन्दोलन जत्ति नै भएपनि हरेक घरमा महिला र बालबालिकाले हिंसा भोगिरहेका छन् । समस्या छ भनेर झोक्राईएर बसिरहेर मात्र भएन, महिला आत्मनिर्भर भए हिंसा खेप्नुपर्दैन, उसँग आश्रित बालबालिकाले पनि आमाको कमाई भए दुःख पाउँदैनन् । भन्ने सोचले जुझारू महिला समुहले २५ वर्षअगाडि महिला आधारसिला स्थापना गरेर महिलालाई आत्मनिर्भर बनाउने अभियान निरन्तर जारी राखेका छन् ।

 

महिलाको दुःख महिलाले नै हो बुझ्नुपर्छ । भन्दै स्थापना गरेको सो आधारसिलाले लाखौं परिवारको खुसी फर्काएको छ । पद्मकन्या कलेजमा पढ्दा हराएकी बालिकाको खोजीमा हिड्दा, राजनीतिक दलका नेता, सङ्घ संस्था, व्यक्ति, व्यक्तिको ढोकामा गयौं । कति हण्डर, ठक्कर खाएर ६ महिनाको खोजीपछि भेटेर आमाबुबालाई बुझाएपछिको सुरू भएको यात्राले यहाँसम्म ल्याईपु¥यो । महिला आधारशिलाका महासचिव कमला उप्रेती अनुभव सुनाउनुहुन्छ ।

डाक्टरका घरमा काम गर्न भनी गाउँबाट ल्याइएकी बालिकालाई उनका आमाबुवाले खोज्न आउँदा तिम्री छोरी हराई भन्ने जवाफले चिन्तित दम्पती पद्मकन्या कलेजमा आईपुगे । केहीले जिस्काए पनि तिम्रो छोरी हामी नै हौं, भनेर । तर मलगायत मेरा दुईतीन जना साथीले त्यस कुरालाई गम्भिरताका साथ लियौं र तिनको सहयोग गर्ने लक्ष्य बनायौं । राजधानीमा उनलाई कहाँ कहाँ मात्र खोज्ने ? डाक्टरको घरमा काम गर्न भनेर ल्याइएकी बालिका हरायो भनेर गैर जिम्मेवारपूर्ण जवाफ  दिने डाक्टरकै घरमा जाँदा हामीलाई पनि वेवास्ता गरेपछि नेता, मन्त्रिको निवासस्थान धायौं ।

त्यहाँ पनि अँ अस्ती हाम्रोमा काम गर्ने पनि हरायो, भन्ने जस्ता जवाफ पो आउँछ । धनले धनी हुदैमा गरिबलाई काममा राख्ने र तिनीहरू कहाँ गएसम्मको जवाफ नदिई हरायो भनेर हल्का गैरजिम्मेवारपूर्ण जवाफ दिएको देखेर नेता भन्नेहरू भाषण राम्रा गर्दारहेछन् व्यवहार भने कुरासँग मेल खाने हु््न्नरहेछ भन्ने लाग्यो महासविच उप्रेती भन्नुहुन्छ ।

त्यसपछि ति बालिका खोज्नेक्रममा हरेक दिन साथीहरू थपिदैं गए । खोज्दै हिड्दा पुलिस अफिसरको घरमा कपाल पनि वोईजकट काटेको अवस्थामा बालिका भेटिइन । उनका आमाबुवालाई जिम्मा लगाएपछि यस वर्गका लागि केही गर्नुपर्छ भन्ने सोच आयो । खोज्दै हिड्दा त पाईदोरहेछ भन्ने अनुभव पनि भयो । गरे के नहुदोरहेछ र ? यत्रो सहरमा कहाँ भेटिन्छ र भनेर लत्तो छाडेको भए ति बालिका पनि भेटिने थिएन । हाम्रो लक्ष्य पनि तय हुने थिएन भन्नुहुन्छ उहाँ । हिंसामा परेका, साहाराविहीनका लागि संरक्षण गरौं भनेर महिला आधारशिला त खडा ग¥यौं । उनीहरूको उद्धार सुरू भएपछि खाना लाउन, उपचार, बासका लागि पैसा त चाहियो ।

महिलासँग प्रायः बालबालिका पनि हुने, बाटोघाटोमा अलपत्र बालबालिका पनि यौनजन्य हिंसामा पर्ने जोखिम हुने भएकोले तिनलाई पनि ल्याउन थाल्यौं । संरक्षणको अभिभारा सजिलो त रहेनछ । सधैं चन्दाले मात्र पनि नधान्ने भएपछि महिलालाई रोजगार बनाउने उद्देश्यले रेशम, उलनलगायत विभिन्न कच्चापदार्थबाट पछयौरा, सल बुन्न थालेको आधारशिलाका अध्यक्ष रेनु शर्मा बताउनुहुन्छ । त्यहीकामबाट आत्मनिर्भर भयौँ ।

जोरपाटी पाटीटारमा अहिले सयौं महिला सल बुन्ने, रङ्गरोगन, बुट्टा भर्ने, छेउ बाट्ने, आइरनलगायत सल बनाउने १७ प्रोसेसमा पोख्त छन् । संस्थाको संरक्षणमा रहेका र बाहिरका महिलाले पनि त्यहाँ काम पाएका छन् । केही पुरूष बाहेक सबै महिला कामदारले महिला आधारशिलामा काम गर्दछन् । आधारशिलाका शाखा भक्तपुर,काभे्र,सुनसरी, मोरङ,झापालगायत ११ जिल्लामा छन् ।

काठमाडौँ, भक्तपुरलगायत अन्य जिल्लामा भने हिंसापीडितलाई उद्धार संरक्षण मात्र गरिन्छन् । यसले विकासको आधार, महिला रोजगार नारा तय गरेर रोजगारीलाई पहिलो लक्ष्य बनाएको छ ।