सांसद बस्नेतद्वारा उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास – Himalayan Dainik

सांसद बस्नेतद्वारा उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास


सांसद बस्नेतद्वारा उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर,साउन २१- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्व उधोग मन्त्री तथा प्रतिनिधि सभाा सदस्य महेश बस्नेतले भक्तपुरलाई देशकै प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गरिने बताएका छन् ।

सुर्यबिनायक नगरपालिका वडा नं ९–१० स्थित साँगा सूर्यमोडबाट संसारकै अग्लो महादेब कैलाशपति र लटरम्मेश्वर जाने स्थानमा निर्माण गर्न लागिएको झोलुङ्गे पुलको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसद बस्नेतले सांस्कृतिक नगरी भक्तपुरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

डोलिडारको १ करोडको लगानीमा बन्न लागेको उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको आज शिलान्यास भएको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापा, वडा अध्यक्षहरु उपेन्द्र के सी, शिवराम थापा र किरण थापालगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो।