उच्च रक्तचापले पत्रकार थापाको मृत्यु – Himalayan Dainik

उच्च रक्तचापले पत्रकार थापाको मृत्यु


उच्च रक्तचापले पत्रकार थापाको मृत्यु

जाजरकाेट, साउन २०- नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ।

उच्च रक्तचापका बिरामी थापालाई शनिबार दिउँसो जाजरकोट अस्पतालमा भर्ना गरिएको थियो। थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो।

कुशे गाउँपालिका–५ दम्दालका ४० वर्षीय थापा उनी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय नेपाल पोस्ट खबर डटकममा आबद्ध थिए। स्व. थापाका श्रीमती, छाेरा र दुई छाेरी छन्।