भक्तपुर, साउन १९ – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर- १०, मा रहेको काठमाडौ फन् भ्याली पटक पटक विवाद मुछिदैं आएको छ । कहिले कर कार्यालयको छापा, फन भ्यालीले कम्पनीको नाममा बिल काट्नु पर्नेमा नक्कली बिल काटेर कर छलि गरेको पाईएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई संचालनमा रहेको उक्त कम्पनीले कर छलि गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई कर छलि गर्दै ‘वाटर वर्ड ट्रेडर्स प्रा.ली. को नाममा लाखौ रुपैयाको बिल काटेर कर छलि गरेको पाईएको थियो ।
विधुतीय प्रणलीबाट काट्नु पर्ने बिल नकाटी नक्कली दोहोरो बिल बनाएर व्यापक रुपमा कर छलि गरेको पाईएपछि आन्तरिक राजश्व कार्यालय भक्तपुरले काठमाडौँ फन भ्यालीमा छापा मारेको थियो । फन भ्यालीले सयौं विद्यालयका हजारौ विद्यार्थीहरुलाई दर्ता विनाको नक्कली बिल दिएर लाखौ रुपैया कर छलि गरेको उजुरी परेपछि कार्यालयले काठमाडौं फन् भ्यालीमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको थियो ।
त्यस्तै अर्को कान्ड काठमाडौँ फन भ्यालीले प्रदुषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गा समेत मिचेर दुरुपयोग गरेपछि यसअघि सूनपा वडा नं। १० ले समेत कारबाहीका लागि पत्राचार गरेको थियो । स्थानीयले वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयहरुले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूला ठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानवीय स्वास्थ्यसंग खेलवाड गरेको र रसायन युक्त पानी पुनः सोही खोलमामा फ्याक्ने गरेकाले पानीको श्रोत समेत दुषित पारेको भन्दै कारबाहीको माग गरेका थिए ।
यसरी पटक पटक विवादमा मुछिदै अाएको काठमाडौं फन भ्यालीको शुक्रबार अर्को घटना बाहिर आएको छ । उक्त फन भ्यालीको बाहिर व्यापार गर्दै आएका एक स्थानीयको पसल बिना सूचना भत्काएको र क्षतीपूती नदिएको भन्दै उनले वडा कार्यालयमा उजुरी दिएका छन् । दिनेश केसी र सुजन खत्रीले सूर्यविनायक वडा नम्बर ९ कार्यालयमा सहमति अनुसार संचालक भोगेन्द्र गुरागाइले क्षतिपूती नदिएको कारण निदेवन दिएका हुन् । साक्षी समेत राखेर दिने भनेको ५ लाख नदिएको पिडितहरूले निवेदनमा उल्लेख गरेका छन ।