असार ३१ गते मंगलबार चन्द्रग्रहण लाग्दै – Himalayan Dainik

असार ३१ गते मंगलबार चन्द्रग्रहण लाग्दै


असार ३१ गते मंगलबार चन्द्रग्रहण लाग्दै

काठमाडौं,असार ३१ – मंगलवार चन्द्रग्रहरण लाग्ने भएको छ । २०७६ असार शुक्ल पूर्णिमा तिथी असार ३१ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । चन्द्रग्रहण नेपाली आकासबाट पनि प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

मंगलबार दिउँसो ४ बजेर ४६ मिनेटदेखि नै चन्द्रग्रहणको सुतक लाग्ने भएकाले बाल, बृद्ध, बिरामीहरुबाहेकले त्यसपछि मोक्ष नहुञ्जेल भोजन गर्नु हिन्दु धर्म मान्यता अनुसार अशुभ मानिनेछ ।

वृष राशि भएकाहरका लागि कष्टको योग छ । त्यसैगरी मिथुन राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा स्त्रीपीडाको फल देखिन्छ । सिंह राशिका लागि पनि चिन्ता, कन्या राशिका लागि व्यथा, वृश्चिक राशिका लागि क्षति, धनु राशिका लागि घात, मकर राशिका लागि व्यय हुनेछ ।

कर्कट, तुला, कुम्भ र मीन यी चार राशिका लागि भने यो चन्द्रग्रण निकै शुभ रहने छ । ककर्ट राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा सुख प्राप्तिको योग देखिन्छ भने तुला राशिका लागि पनि श्रीप्राप्तिको योग रहेको छ । त्यसैगरी, कुम्भ राशिका लागि लाभ प्राप्ति हुनेछ भने मीन राशिका लागि शुख प्राप्तिको फल मिल्ने छ ।

यो चन्द्रग्रहण धनु र मकर राशिका लागि भने निकै अशुभ रहने ज्योतिषचार्याहरु बताउँछन् । उनीहरुका लागि अतिकष्टको योग रहेको छ । त्यसैले यी राशि भएका मानिसहरुले चन्द्रग्रहणको अवलोकन गर्नु अशुभ हुनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।