थापाले बनाएका बिपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार घुससहित रंगेहात पक्राउ – Himalayan Dainik

थापाले बनाएका बिपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार घुससहित रंगेहात पक्राउ


थापाले बनाएका बिपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार घुससहित रंगेहात पक्राउ

काठमाडौँ, २६ असार – प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वस्वास्थ्य मन्त्री गगन कुमार थापाले नियुक्ति गर्नुभएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई विहिवार साँझ उनकै सरकारी निवासबाट पक्राउ गरेको हो । आयोगको टोलीले डा रौनियार र अर्का डाक्टर रामहरी रौनियार घुस रकम सहित पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन् ।

‘घुस रकम लिइरहेको अवस्थामा प्रतिष्ठान परिसरमा रहेको उपकुलपति निवास धरानबाट रंगेहात उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उनीहरुका विषयमा थप अनुसनधान भइरहेको जनाइएको छ ।