एजेन्सी, असार १६- स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
आज विहान इटालीमा सम्पन्न युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।
खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २-० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २-१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन ।