काठमाडौं, असार १४- आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउन लागेको हो । निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको छ। अब विमानस्थल बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म दैनिक सञ्चालनमा आउने छ।