नेकपा फुटे हाम्रो पालो अाउँछ भनेर काँग्रेसले नसोचे हुन्छ : अध्यक्ष प्रचण्ड – Himalayan Dainik

नेकपा फुटे हाम्रो पालो अाउँछ भनेर काँग्रेसले नसोचे हुन्छ : अध्यक्ष प्रचण्ड


नेकपा फुटे हाम्रो पालो अाउँछ भनेर काँग्रेसले नसोचे हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार १४ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेकपा फुटाएर मुलुकलाई लिड गर्ने अवस्था आउँछ कि भनेर सपना नदेख्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई सुझाउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिष्टबीच झगडा भएर फुटेको खण्डमा आफुहरुको पालो आउँथ्यो कि भन्ने सोच्ने दिन सकिएको उदघोष पनि गर्नुभयो ।

उहाँले कांग्रेसले देशमा लिड गर्न सक्ने अवस्था नरहेको बताएका हुन् । ‘अब यो पार्टी (नेकपा) सिद्धिएर कांग्रेसले लिड गर्ला भन्ने स्थिति नेपालमा छैन, त्यो अवस्था हुन्न । कांग्रेसले चाहिँ कम्युनिष्ट पार्टी झगडा गरेर फुटदिएदेखि हाम्रो पालो आउँथ्यो कि भन्ने नसोचे हुन्छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।

उहाँले अब पार्टी, सरकार र जनआकांक्षालाई सम्बोधन गर्न नसके सिंगो देश नै असफल हुने धारणासमेत राख्नुभयो । सम्बोधनका क्रममा उहाँले मदन भण्डारी विदेशीलाई समेत हप्काउन सक्ने क्षमताका नेता भएको बिभिन्न तथ्य राख्नुभएको थियो ।