काठमाडाैँ,असार १३- महिला, बालबािलका तथा ज्येष्ठ नागिरक मन्त्री थापाले एसिड अात्रमणमा परेकी जेनी खड्का थममायालाई पचासहजार रुिपयाँ सहयाेग प्रदान गनुभएको छ ।
मन्त्री थापाले कीर्तिपुर अस्पतनलमा उपचार गराई रहेकी जेनी खड्काको अामा कमलाचन्द खड्कालाई शुत्रबार अस्पतालमै पुगेर पचाँसहजार रुपैयाक चेक हस्तारन्तरण गर्नु भएको हाे ।
पैंतालिस दिनदेखि साे अस्पतालमा उपचार गराईरहेकी जेनीलाई डिस्चार्जकाा लागि रकम अभाव भएको जानकारी पाएपछि उहाँले उत्त रकम प्रदान गर्नुभएको हाे । खड्कालाई सहयाेग गदैै मन्त्री थापाले मिहला हिंसा विरूद्वका कानुन कार्यान्यन गर्नुपरेनैमा जोड दिनुभयो । हिंसाले समाजमा परिवारको खुशी,शान्ति मात्रै खोस्दैन ।हिंसाले विकासलाई समेत पछाडि धकेल्छ भन्नुभयो। हिंसारहित सभ्य समाजको परिकल्पनालाई साकार पार्न समाजमा हरेक तह,वर्ग,व्यत्ति,संस्थाले सहकार्य समन्वय गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यत्त गर्नुभयो ।
महिला, बालबािलका तथा ज्येष्ठ नागिरक मन्त्रालयका मिहला विकास अधिकृत अन्जु ढुङ्गानाले लैङ्गीक हिंसा निवारण कोषबाट तत्काल गर्न सकिने सहयाेग जेनीलाई उपलब्ध गराएकाे बताउनुभयाे ।
जेनी खड्काका अामा कमला चन्द खड्काले कलिलो उमेरकी छाेरीकाे जीवन एसिड अात्रमणले जलायाे ।अस्पतालमा उपचार मात्र गर्न करिब तीन लाख भन्दा बढि लागेकाे छ । डेढ लाख पहिल्यै बुझाएका छाैँ । अझै डेढ लाख तिर्न बाँकी छ, शरीर पुरै जलेर घाइते भएकी छाेरीकाे पैसाको अभावमै डिस्चार्ज गर्न समस्या भएको थियो ।मन्त्रीज्युले अस्पतालमै अाएर सहयाेग गर्नु हुदाँ ज्यादै खुसी लागेकाे छ भन्नुभयाे । उहाँले बिस्तारै अरु सहयाेग पनि जुटे जेनीले छाेराका लागि बाँचेर खाने थिइन भन्नुभयो । सहयाेग रकम प्राप्तपछि जेनीले मुस्कुराएर खुसी व्यत्त गरिन ।
साे अस्पतालका जनसम्पर्क अधिकृत तारानिधि भूर्तेलले जेनीकाे सातवटा सल्यत्रिया गर्दा गदा दुईवटा निशुल्क गरेकाे र अस्पतालमा रहँदा लाग्ने खर्चमा पनि २० प्रतिशत छुट गरेकाे जानकारी दिनुभयो ।