हटायो गुगले ३० लाख भन्दा बढी नक्कली “म्याप एप” लाई – Himalayan Dainik

हटायो गुगले ३० लाख भन्दा बढी नक्कली “म्याप एप” लाई


हटायो गुगले ३० लाख भन्दा बढी नक्कली “म्याप एप” लाई

एजेन्सी,असार ११- गुगल म्यापबाट गुगलले ३० लाख भन्दा बढी नक्कली अकाउन्टलाई हटाएको छ ।

मानिसलाई कारोबारसँग जोड्नका लागि सम्पर्क सुत्र र गन्तव्यसम्म पुग्नका लागि बाटो देखाउने लगाएतको काम गर्ने भएकाले यस्ता नक्कली म्याप अकाउन्टबाट ग्राहकहरु ठगिने सम्भावना प्रबल रहेकाले गुगलले यस्ता म्याप हटाएको जनाएको छ ।

गुगल म्यापका उत्पादक निर्देशक ईथन रसेलले एक ब्लकमा भनेका छन्, ‘नक्कली म्याप एप्सलाई व्यापारीहरुले गलत तरिकाले प्रयोग गर्छन् । उनीहरुले आफूलाई सक्कली ब्यापारी भनेर ग्राहकहरुलाई धोका दिइरहेका हुन्छन् । यसरी ग्राहकहरु ठगिनबाट जोगाउनका लागि गुगलले आफ्नै तरिकाले कदम चालिरहरेको हुन्छ ।’ ‘पछिल्लो वर्ष ३० लाख भन्दा बढी नक्कली कारोबारी अकाउन्टलाई हटाइएको छ । जहाँ ९० प्रतिशत भन्दा बढी कारोबारी अकाउन्टहरु यस्ता छन् कि ग्राहकहरुले खोल्नै सकिरहेका थिएनन् । यस प्रक्रियामा करिब ८५ प्रतिशत नक्कली अकाउन्टहरु हाम्रो आन्तरिक प्रणालीले हटाएको छ ।