१० हजारमा दुईवटा मोबाइल मनसुन मेगा अफर शुरू – Himalayan Dainik

१० हजारमा दुईवटा मोबाइल मनसुन मेगा अफर शुरू


१० हजारमा दुईवटा मोबाइल मनसुन मेगा अफर शुरू

काठमाडौं,जेठ २९

काठमाडौंको तीन स्थानमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वर्ल्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । आईमार्स मिल्की वे एम २, लेनोभो के ६ नोट, आई मार्स भी सन ६ लगायत मोडलका मोबाइलको हकमा यो अफर लागू हुनेछ । मेलाको आकर्षणका रुपमा रहेको आईमार्स मिल्की वे एम टू मोबाइल १५ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने छ ।